नेप्सेमा दुई लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?

१७ बैशाख २०८०, आईतवार १३:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बिपीडब्लु लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपीओ आज सूचीकृत भएको हो ।

बिपीडब्लु लघुवित्तको आइपीओ आज ‘बिपीडब्लु्’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता आइपीओ सूचीकृत भएको हो । लघुवित्तको आइपीओले पहिलो कारोबारको लागि ८६ रुपैयाँ ७८ पैसादेखि २६० रुपैयाँ ३४ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।

त्यस्तै, आत्मनिर्भर लघुवित्तको आइपीओ ‘एएनएलबी’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ६ लाख २३ हजार ३८० कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ३७१ रुपैयाँ ८२ पैसादेखि अधिकतम १११५ रुपैयाँ ४६ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको आइपीओलाई कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा मूल्य तोक्ने भएकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*