राष्ट्र बैंकद्वारा आयोजित विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन प्रभातफेरी कार्यक्रम सम्पन्न

१७ बैशाख २०८०, आईतवार १३:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०’ कार्यक्रम सम्पन्न भएको छ ।
विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीले प्रभातफेरी कार्यक्रमको शुभारम्भ गर्दै विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन र प्रोत्साहनको निम्ति सरोकारवाला सबै पक्षलाई आह्वान गरेका थिए ।

दरबारमार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, जमलबाट पुनः दरबारमार्ग हुँदै नारायणहिटी सङ्ग्रहालय, नारायणचौर, प्रहरी नक्साल, भाटभटेनी हुँदै बालुवाटारस्थित बैंक परिसरमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विप्रेषण कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधिसँगै राष्ट्र बैंकका उच्च अधिकारी र कर्मचारीसहित छ सयभन्दा बढीको सहभागिता थियो ।

आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमा यस वर्षलाई ‘विद्युतीय भुक्तानी प्रवर्द्धन वर्ष’ को रूपमा मनाउने घोषणा गरिएको थियो ।

May be an image of 2 people and crowd

May be an image of 7 people, people standing, flag and text

May be an image of 3 people and text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*