विरोधका बावजुद नयाँ स्टक एक्सचेन्जका लाईसेन्स प्रक्रिया अघि बढाइयो, कानुन मन्त्रालयका गौतमको संयोजकत्वमा मूल्याङ्कन समिति गठन

१७ बैशाख २०८०, आईतवार १६:१८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्बौ रुपैयाँका सेटिङमा दिन लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाएको छ । आज विहान बसेको बोर्ड सञ्चालक समितिको बैठकले आवेदन दिएका मध्ये छनौट समिति गठन गरेको हो ।

गत शुक्रबारको संसदमा नयाँ स्टक एक्सचेन्ज अर्बौ रुपैयाँ घुस सेटिङमा दिन लागेको भन्दै तत्काल रोक्न चर्को माग उठेको थियो । जनस्तरबाट उठेको चर्को विरोधका वावजुद नेपाल धितोपत्र बोर्डले घुस सेटिङमा नयाँ लाइसेन्स वितरण गरेरै छोड्ने निर्णय गरेको छ ।

अध्यक्ष रमेश कुमार हमालको अध्यक्षमा बसेको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालकाय सह–सचिव फणिन्द्र गौतमको संयोजकत्वमा मूल्याङ्कन तथा छनौट समिति गठन गरेको छ । सो समितिमा अर्थमन्त्रालयका सह–सचिव तथा बोर्डका सञ्चालक रितेश शाक्य, नेपाल राष्ट्र बैंकबाट बोर्डमा प्रतिनिधित्व गरेका सञ्चालक मुकुन्द कुमार क्षेत्री सदस्य रहेका छन् । त्यसैगरी, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक अम्बिका गिरी सदस्य रहेको मूल्याङ्कन तथा छनौट समिति गठन गरेको हो ।

सो समितिले स्टक एक्सचेन्ज तथा कमोडिटी एक्सचेन्जको नयाँ लाइसेन्स वितरण गर्न आवेदन दिएका मध्येबाट स्टक एक्सचेन्जका लागि एक कमोडिटी एक्सचेन्जका लागि दुई वटा कम्पनी छनौट गर्नेछन् ।
छनौट समितिले प्राप्त आवेदन अध्ययन गरेर दुई तीन दिनभित्रैमा लाइसेन्सको लागि सिफारिस गर्ने तयारी सुरु भइसकेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*