सिद्धार्थ बैंकको एक लाख कित्ता शेयर बिक्रीमा, जो कोहीले खरिद गर्न पाउने
१८ बैशाख २०८०, सोमबार १०:५१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी विनोद कुमार खेतानले आफ्नो नाममा रहेको १ लाख ४ हजार ८१३ कित्ता शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया बढाएको हो ।
यसअघि बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुलाई नै बिक्री गर्नको लागि ३५ दिने सूचना प्रकाशित गर्दा तोकिएको अवधिभित्र शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको कारण बैंकले सर्वसाधारण समक्ष बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने जो कोही व्यक्ति तथा अन्य संघसंस्थाहरुले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।












