नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर अध्ययन गर्न कार्यदल गठन भएको छ । अर्थ मन्त्रालयले नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर अध्ययन गर्न कार्यदल गठन गरेको हो ।यी दुई बैंकको मर्जर सम्बन्धमा अध्ययन विश्लेषण गर्न कार्यदल बनिसकेको छ। कार्यदलको संयोजक मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुखलाई तोकिएको छ । अहिले उक्त महाशाखा प्रमुखमा भुपाल बराल छन्।
यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत सरकारी बैंक समेत मर्जरमा जान आवश्यक रहेको बताएका थिए। पछिल्लो समय निजी क्षेत्रको बैंककै अधिकतम चुक्ता पुँजी ३५ अर्ब हाराहारीमा पुग्न थालेपछि सरकारी बैंकबीच पनि मर्जरको तयारी सुरु भएको हो। राष्ट्रिय वाणिज्य बैंकको साधारणसभामा सार्वजनिक रुपमा मर्जरको विषयमा बोलेका थिए।











