बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्कमा राष्ट्र बैंकले तोक्यो सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा निर्धारण गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा १.५० प्रतिशतसम्म मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले बचतकर्ता तथा सदस्यहरुमा कर्जा प्रवाह गर्दा १.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिने गरेकोमा केन्द्रीय बैंकले यस्तो शुल्क घटाएर अब बढीमा १.५०% मात्रै लिन पाउने व्यवस्था गरेको हो ।
बचत।निक्षेप खाता संचालन गरेबापत कुनै पनि किसिमको शुल्क लिन नपाउने र कर्जा प्रवाह गर्दा सो प्रतिशत मात्रै सेवा शुल्क जोड्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । साथै एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।













ब्यापारिक संस्थालाई सेवा शुल्क लिन दिने कुरा नै कानुनी मिटर ब्याजीको एउटा नमुना हो । उसले लिने ब्याज नै हो ग्राहकबाट । त्यसले सेवाशुल्क कम गर्ने होईन पुरै खारेज गर्नु पर्छ ।