महुली लघुवित्तको शाखा प्रबन्धक दक्षता विकास तालिम कार्यक्रम सम्पन्न

२० बैशाख २०८०, बुधबार १०:४४

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २ दिने शाखा प्रबन्धक दक्षता विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम चितवनको सौरहा स्थीत चितवन प्याराडाइज होटलमा सम्पन्न भएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले उद्घाटन गरेको कार्यक्रममा विभिन्न जिल्लाका गरि ३३ वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।
तलिम कार्यक्रममा संस्था नायब कार्यकारी अधिकृत सरोज कुमार सिंह, कर्जा विभाग प्रमुख ललित प्रसाद चौधरी, मानव संसाधन तथा सामान्य प्रशासन विभाग प्रमुख रमेश चौधरी, कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख विजय यादव लगाएतले सहजिकरण साथै प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ बारे छलफल, ब्ःीरऋँत्, कर्मचारी अनुशासन, लेखा परिक्षण, कर्जा सदुपयोगीता, जोखिम व्यवस्थापन लगाएतको विषयमा सहजिकरण दिएको थियो ।

तालिम कार्यक्रमलाई समापन गर्दै प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले कर्मचारीहरुलाई सेवाग्राही सदस्यहरुको गुनासो व्यवस्थापन गर्न, सकारात्मक भावना सहित उच्च मनोबल राख्दै गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*