सूर्योदय वोमी लघुवित्तको एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा
२० बैशाख २०८०, बुधबार ११:३४

काठमाडौं । सूूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख छ हजार नौ सय १२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएका छन् । सो निवेदन दिए पश्चान संस्थाले उक्त शेयर बिक्रीमा ल्याएको हो ।
संस्थाका संस्थापक शेयरधनी रामेश्वरी श्रेष्ठको ८६ हजार कित्ता र देबेन्द्र कुमार श्रेष्ठको २० हजार ९१२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । सो शेयर खरिद गर्न इच्छुक उम्मेदवारले संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी ४ ललितपुरमा आवेदन दिन सक्नेछन् ।











