चार वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै चारवटा वाणिज्य बैंकको सर्वाधिक कारोबार भएको छ । पछिल्लो समय वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुको आकषर्ण बढेसँगै बैंकहरुको शेयर सर्वाधिक कारोबार हुन पुगेको हो ।
यो समाचार तयार पार्दासम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, एनआइसी एशिया बैंक र नबिल बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५५ लाख ८७ हजार, कुमारी बैंकको ४३ लाख ७४ हजार, एनआइसी एशिया बैंकको ४२ लाख ८२ हजार र नबिल बैंकको ३७ लाख ६३ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।
यो समाचार तयार पार्दासम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयरमूल्य १८२ रुपैयाँ रहेको छ भने कुमारी बैंकको शेयरमूल्य १.२० प्रतिशतले घटेर १६५ रुपैयाँ पुगेको छ ।
साथै शेयरबजारमा लगानीकर्ताहरुको रोजाइमा पर्ने एनआइसी एशिया बैंकको शेयरमूल्य रिजर्भ भई ७१४ रुपैयाँ र नबिल बैंकको शुन्य दशमलव २५ प्रतिशतले घटेर ५९८ रुपैयाँ कायम हुन पुगेको छ । बैंकहरुको शेयरमूल्य घटेसँगै लगानीकर्ताहरु यी चारवटा बैंकको शेयर किन्न झुम्मिएका हुन् ।













