ग्रामीण विकास लघुवित्तको मुनाफा र इपीएस दुबै घट्यो

काठमाडौं । ग्रामीण विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको मुनाफा र इपीएस दुबै घटेको देखिएको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९।१९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २८ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६।४८ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ३८।२९ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २८।१४ प्रतिशत र सञ्चालन मुनाफा ७८।७८ प्रतिशत घटेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ ४६ पैसा घटेर ८ रुपैयाँ १ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६०।१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ८७ पैसा रहेको छ।
९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ५ अर्ब ७० करोड ५१ लाख रुपैयाँ सापटी र ३ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ निक्षेपबाट १२ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।












