किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

२२ बैशाख २०८०, शुक्रबार ०९:१२

काठमाडौं ।  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिए पश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले संस्थाका तीन जना संस्थापक शेयरधनीहरुको क्रमस ५ हजार, १ हजार ९ सय र २ हजार गरी कुल ८ हजार ९ सय कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको कर्पोेरेट कार्यालय बुढानीलकण्ड, काठमाडौंमा आवश्यक कागजात संलग्न गरी आवेदन दिन सक्नेछन् ।

उक्त तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिद नभएको खण्डमा नियम अनुसार अन्य संस्था अथवा व्यक्तिलाई विक्री गरिने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*