सार्वजनिक बिदाको अवसरमा पनि बैंकहरुले सेवा दिँदै, यी हुन् आज खुल्ला भएका बैंकका शाखा कार्यालय

काठमाडौं । आज वुद्धजयन्तीको अवसरमा सार्वजनिक बिदा रहेको छ । सार्वजनिक बिदाको अवसरमा पनि बैंकहरुले आफनो विभिन्न शाखा कार्यालय मार्फत सेवा दिने भएको छ। ग्राहकको सेवालाई मध्यनजर गर्दै बैंकहरुले यस्तो निर्णय गरेको हो ।बैंकहरुले ७ वटै प्रदेशको विभिन्न कार्यालयमार्फत आज पनि सेवा दिईरहेका छन् ।
आज २५६७ औं बुद्ध जयन्ती देशभर विविध कार्यक्रम गरी देशैभर मनाइदै छ । नेपालसहित भारत, भुटान, म्यानमार, चीन, श्रीलंका, भियतनाम, मंगोलिया, कम्बोडिया, थाईल्याण्ड लगायतका देशमा बुद्ध जयन्ती मनाइन्छ ।
यसअघि मन्त्रिपरिषदको बैठकबाट निर्णय गरी विदा दिँदै आएकोमा यस वर्ष बार्षिक क्यालेण्डरमै सार्वजनिक विदाको सूचिमा राखेर बृद्ध जयन्ती तथा चण्डी पूर्णिमाको अवसरमा विदा दिइएको हो । कतिपय मानिसहरुले आज कूल पूजा गरेर देवाली समेत गर्ने गर्दछन् ।
आज सार्वजनिक बिदाको अवसरमा अत्यावश्यक काम हुन सक्ने भन्दै बैंकहरुले ग्राहकलाई सेवा दिने हेतुले केही बैंकहरुले सेवा दिएका छन् ।












