गम्भिर राष्ट्रघात गर्दै अर्थमन्त्री डा. महत, नेपाली खातावालको विवरण भारतीय कम्पनीलाई दिने तयारी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली जनतालाई गम्भिर राष्ट्रघात हुने एजेण्डा अघि सारेका छन् । आफ्ना सल्लाहकारका रुपमा भ्रष्टाचारी तथा भारतीयको लागि समेत काम गर्ने विश्व पौडेललाई नियुक्त गरेपछि अर्थमन्त्री डा. महत दिग्भ्रमित बन्दै करोडौं नेपालीको बैंक खाता सम्बन्धी विवरण सजिलै भारतले पाउने गरी नयाँ सम्झौता गर्न राष्ट्र बैंक समक्ष दवाव दिन थालेका छन् ।
पछिल्लो समय भारतले नेपाल–भारतमा क्युआर कोडमार्फत भुक्तानी गर्ने तथा डिजिटल वालेटमार्फत कारोबार गर्न सकिने प्रस्ताव अघि बढाइरहेको छ । तर, त्यसैको नाममा नेपालीहरुको सम्पूर्ण खाता सम्बन्धी विवरण भारतीय कम्पनीलाई दिन भारतले चर्को दवाव सिर्जना गरिरहेको छ । सो भारतीय दवावलाई थेग्न नसकेपछि अर्थमन्त्री डा. महतले सो प्रस्ताव अघि बढाएका छन् ।
अन्रदेशीय विद्युतीय भुक्तानीको नाममा गेटवे पेमेन्ट सर्भिसेस प्रा.लिलाई बीचमा खडा गरेर नेपालीहरुको खाता सम्बन्धी विवतरण भारतीय कम्पनीलाई सुम्पिन लागिएको हो । हाल अर्थमन्त्रालयमार्फत अघि बढिरहेको सो फाइलमा अर्थमन्त्रीका आर्थिक सल्लाहकार विश्व पौडेलको विशेष चासो रहेको बताइएको छ । सो कार्यमा भारतीय दवाव समेत बढिरहेको बुझिएको छ । नेपाली नागरिकहरुको बैंक खाता सम्बन्धी विवरण सजिलै पहुँच पाउन भारतले दुई देशका बीचमा अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी सहकार्यको नाममा यस्तो राष्ट्रघाती योजना अघि बढाइदैछ ।
आज प्रकाशित कान्तिपुरका अनुसार भारतीय दवावमा नेशनल पेमेन्ट कर्पोरेशन अन्तर्गतको युनिफाइड पेमेन्ट इन्टरफेसमातहतको गेटेवे पेमेन्ट सर्भिस प्रा.लिको सञ्चालन गर्ने जिपिएस नामक नयाँ पेमेन्ट गेटवेमार्फत नेपालका सबै बैंकको खाता उक्त कम्पनीसँग लिङ्क गरी खाता सम्बन्धी विवरण भारत सरकारमाँझ पुर्याउन लागिएको हो ।
सो सम्बन्धमा प्रधानमन्त्री कार्यालयले केही बताउन चाहेन । उता, दलालहरुको सेटिङमा हुन लागेको सो कार्यमा नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्ट जो अहिले अर्थमन्त्री बैंक वित्त सल्लाहकार समेत छन्, उनले केही बताउन चाहेनन् । हाल इसेवामार्फत नेपालीहरुको सूचना विवरण लिँदै आएको भारतले आगामी दिनमा सिधैं आफ्नै कम्पनीमार्फत विवरण लिन चाहेको देखिएको छ ।













