एनएमबि लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत जैशिलाई निमित्त सिइओको जिम्मेवारी
२४ बैशाख २०८०, आईतवार १४:४५

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) आनन्द पाण्डे वैशाख २० गतेदेखि वैशाख २९ गतेसम्म वार्षिक विदामा रहने भएका छन् ।
सो समयसम्म सिइओ पाण्डे विदामा बस्ने भएका कारण संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशिलाई ९ दिनको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।











