राष्ट्र बैंकको दबाबपछि एनएमबि लघुवित्तका अध्यक्ष सन्जिव सुब्बाद्वारा राजिनामा

२४ बैशाख २०८०, आईतवार १४:५९

काठमााडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सन्जिव सुब्बाले राजिनामा दिएका छन् । उनले संस्थाको अध्यक्ष पदबाट दिएको राजिनामा वैशाख १९ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

नेपाल राष्ट्र बैंकले घ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशिका २०७९ को संस्थागत शुसासन सम्बन्धी व्यवस्था अन्तर्गत एक संस्थामा संचालक रहेको व्यक्ति एकैपटक अर्को इजाजतपत्र प्राप्त संस्थाको कुनै पदमा रहन बन्देज लगाएकोले उनले राजिनामा दिएका हुन् ।

सुब्बा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा प्रमुख कार्यकारी समेत रहेका कारण एनएमबि लघुवित्तको अध्यक्ष पदमा निरन्तरता दिन नमिल्ने भएका कारण राजिनामा दिएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*