संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुतः आगामी बर्ष आर्थिक वृद्धि न्यून हुने प्रक्षेपण, बैंक तथा वित्तिय क्षेत्रको सूचकहरुमा सुधार

२४ बैशाख २०८०, आईतवार १७:५९

काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेसन विभिन्न बाधाका बीच अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।सामाजिक सुरक्षाको कार्यक्रमलार्य थप व्यवस्थित बनाउने बताए । घीय प्रतिनिधिसभाको आइतबारबाट सुरु भएको बजेट अधिवेशनमा डा. महतले आगामी बजेको प्राथमिकता र सिद्धान्त प्रस्तुत गरे।

उनले अर्थतन्त्र दबाबमा रहेको भन्दै केही सूचकहरुमा सुधार भएको बताए। उनले आगामी बजेट दिगो, फराकिलो, समावेशी र आर्थिक बृद्धि हासिल गर्ने खालको हुने बताए।उनले निजी क्षेत्रको मनोबल बढाउँदै बजारलाई चलायमान बनाउने गरी बजेट ल्याउने बताए।मुलुकको आर्थिक वृद्धि न्यून हुने देखिएको बताएका छन् । आर्थिक बर्षको अन्त्यसमा खर्च गर्ने प्रवृत्ति कायम भएको जनाएको छ। वित्त सन्तुलनमा चाप देखिएको बताए । अर्थतन्त्रका केही सूचक सुधार हुँदै गएको बताए ।

बैंकिङ् क्षेत्रको तरलता र बैंक तथा वित्तिय क्षेत्रको सूचकहरुमा सुधार देखिएको छ ।बढ्दो ब्याजदर कमजोर पुँजि निमार्ण, निरन्तर उच्च व्यापार घाटा, बैंकिङ् क्षेत्रमा खराब कर्जाको जोखिम जस्ता चुनौतीहरु विधमान रहेको उनले बताए ।
आर्थिक वर्ष २०८०–८२ को लागि विनियोजन विधेयक प्रस्तुत गर्दै उनले सरकारी, निजी र सहकारी क्षेत्रको लगानी बृद्धि गरी उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने खालको ल्याउने बताए।

बित्त नीति र मौद्रिक नीतिबीच तादम्यता मिलाइने भन्दै उनले सार्वजनिक वित्तको पुनर्संरचना गरिने बताए। स्वदेशी र विदेशी लगानी प्रोत्साहित गरी रोजगारी अभिबृद्धि गरिने उनले बताए।

गरिव र धनीबीचको खाडल घटाउने भन्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानी उपलब्ध गराइने बताए।अर्थमन्त्री महतले प्रादेशिक सन्तुलनलाई ख्याल गरेर स्रोत ब्यवस्थापन गरिने बताए। विकास प्रयासमा जनताको सहभागिता बढाइने भन्दै उनले भूमिहिन नागरिकको समस्या समाधान गरिने बताए।

अर्थमन्त्री महतले निजी क्षेत्रलाई आर्थिक बृद्धिको संवाहक बनाइने भन्दै नीतिगत स्थिरता, प्रकृया सरलीकृत गरेर स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गरिने बताए।उनले वित्तीय क्षेत्रमा पुँजीगत उपलब्धतालाई सहजीकरण गर्दै अनौपचारिक आर्थिक कृयाकलापलाई औपचारिकमा ल्याउने प्रयास गरिने बताए।उनले क्षेत्रगत प्राथमिकताका बारेमा पनि बजेट ल्याइने बताए। कृषि क्षेत्रमा उत्पादन बढाउन आत्मनिर्भर बनाइने बताए। कृषि अनुदान प्रणालीमा सुधार गरेर वास्तविक कृषकमा पुर्याउने योजना ल्याउने उनको भनाई छ।

उपभोग्य बस्तुमा बैदेशिक निर्भरता कम गरिने उनले बताए। लघु, साना, मझौला उद्योग सञ्चालन गर्न कार्यक्रम ल्याउन आवश्यक कानुन सुधार गर्ने बताए। निर्यात प्रवर्द्धन गर्न नगद अनुदान बढाइने उनले जानकारी दिए।

आधारभुत शिक्षामा सबै बालबालिकाको पहुँच पुर्याउने उनले प्रतिबद्धता जनाए। महामारी रोकथाम गर्न खोप सेवा सञ्चालन गरिने तथा स्वास्थ्य पूर्वाधारमा लगानी गरिने पनि उनको भनाई छ। खानेपानी सरसफाइ कार्यक्रमलाई अभियानका रुपमा चलाइने उनले बताए।उनका अनुसार भौतिक पूर्वाधारमा जोड दिँदै उत्तर दक्षिण र पूर्वपश्चिम राजमार्गहरु निर्माणलाई तीब्रता दिइने छ।

अर्थमन्त्रीले सूचना प्रविधिलाई उद्योगका रुपमा विकास गरिने बताउँदै हुलाक र सरकारी सञ्चार माध्यमलाई ब्यावसायिक बनाउने जानकारी दिए। उनका अनुसार पर्यटन व्यवसायलाई आयआर्जन र बिदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र बनाइने भएको छ। कोभिडबाट प्रभावित उद्योग ब्यवसायलाई सहयोग गरिने कार्यक्रम ल्याउने पनि उनले बताएका छन्।

महिला उद्यमशिलता तथा रोजगारी प्रवर्द्धन गरिनुका साथै सामाजिक सुरक्षाका कार्यक्रमलाई व्यवहारिक बनाइने उनको भनाई छ। अर्थमन्त्रीले वित्तीय संघीयतालाई सुदृढ बनाउन कार्यक्रम ल्याउने बताएका छन्। राष्ट्रिय महत्वका कार्यक्रम संघबाट गरिने उनले बताए।

निजी क्षेत्रको सहभागितामा सीप विकास गरिनुका साथै स्रोतको सीमिततालाई ख्याल गरेर उत्पादन बढी दिने क्षेत्रमा लगानी गरिने अर्थमन्त्रीले जानकारी दिए। उनले चालु वर्षकाभन्दा सानो बजेट ल्याउने संकेत गरे। उनले स्रोतलाई बढी जोड दिँदै सीमित पुँजीमा बढी प्रतिफल आउने क्षेत्रमा सरकारले आवश्यक कार्यक्रमहरु तर्जुमा गर्ने बताए। राजस्व परिचालनलाई चुस्त बनाउने र राजस्व प्रशासनमा पारदर्शिता कायम गर्ने बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*