निर्धन उत्थान लघुवित्तको खुद नाफामा ९४.५२ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता ?

काठमाडौं । निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको खुद नाफा संगै अन्य प्रमुख सूचकहरुमा गिरावट आएको छ ।
समिक्षा अवधिसम्ममा संस्थाको खुद नाफा ९४.५२ प्रतिशतले घटेर ४ करोड ४० लाख रुपैयाँमा सूीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्ममा संस्थाले ८० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद व्याज आम्दानी र संचालन नाफा घटेका कारणले संस्थाको खुद नाफा प्रभावित भएको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाको खुद ब्याज आम्दानी १०.१९ प्रतिशतले घटेर १ अर्व ४० लाख रुपैयाँ कायम भएको छ । यसै अवधिसम्ममा सञ्चालन नाफा ९४.३७ प्रतिशतले घटेर ६ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ । यता कम्पनीको खराब कर्जा पनि अत्याधिक बढेको छ । गत वर्ष ३.३३ प्रतिशत रहेको यसको खराब कर्जा यो त्रैमासमा बढेर १२.०९ प्रतिशत भएको छ ।
कम्पनीको अधिकांश सूचक घटेसँगै प्रतिसेयर आम्दानी पनि भारी मात्रामा घटेको छ । प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ६१ पैसाले घटेर २ रुपैयाँ २५ पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ७६ पैसा छ ।











