एक दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिकः नौ संस्थाको नाफा घट्दा फर्स्ट र आरडिसीको मुनाफा बढ्यो (सूचीसहित)

२५ बैशाख २०८०, सोमबार १३:४९

काठमाडौं । हालसम्म एक दर्जन लघुवित्त वित्तीय संस्थाले मात्रै चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले तीन–तीन महिनामा वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ । जसअनुसार हालसम्म १२ लघुवित्त संस्थाले मात्रै तेस्रो त्रैमाससम्मको रिर्पोट प्रकाशित गरेका हुन् ।

Source: Third Quarter Report

लघुवित्तहरुले चालु आर्थिक वर्षकोको त्रेस्रो त्रैमास सकिएर थप एक महिना वित्न लागिसक्दा पनि लघुवित्तहरुले रिर्पोट प्रकाशित गर्न ढिलाइ गरिरहेका छन् । वित्तीय संस्थाहरुको लेखापरीक्षणको कार्यमा ढिलाई भएका कारण ५० भन्दा बढी संचालनमा रहेका संस्थाहरुमध्ये हालसम्म एक दर्जनले मात्रै वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरणअनुसार अधिकांश लघुवित्तको मुनाफामा उच्च गिरावट आएको देखिएको छ । गत आवको यसै अवधिको तुलनामा सार्वजनिक गरेका एक दर्जन लघुवित्त संस्थाहरुको नाफा ७१.३७ प्रतिशतले घटेको छ ।

वित्तीय विवरण प्रकाशन गरेको १२ संस्थामध्ये धौलागिरी लघुवित्त भने ४१ लाख ६ हजार रुपैयाँ नोक्सानमा रहेको वित्तीय विवरणले देखाएको छ । वित्तीय विवरण सार्वजनिक गरेका १२ लघुिवत्तमध्ये फर्स्ट माइक्रोफाइनान्स र आरएमडिसी लघुवित्तको मात्रै नाफा बढ्न पुगेको छ भने बाँकी ९ वटाको नाफा घटेको छ ।

त्यस्तै, एक लघुवित्तले नोक्सान बेहोरेको छ । ११ लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका ७१ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिसम्म यी ११ संस्थाले २ अर्व ५० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*