दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा

काठमाडौं । दुई कम्पनीले आ–आफ्ना शेयरधनीहरुको खातामा गत आर्थिक वर्षको लाभांश जम्मा गरिदिएको छ । निर्धन उत्थान लघुवित्त र गरिमा विकास बैंक लिमिटेडले आ–आफ्नै साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको हो ।
निर्धन उत्थान लघुवित्तको गत फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।
फागुन १ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीहरुको हितग्राही खातामा लघुवित्तले उक्त बोनस शेयर पठाउन सुरु गरेको हो ।
त्यस्तै, गरिमा विकास बैंकको पुष २२ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित भएको १३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको खातामा पठाउन सुरु गरेको हो । पुष ८ गतेसम्म कायम रहेका शेयरधनीहरुले शेयर अभौतिकीकरण गराई उक्त बोनस शेयर प्राप्त गर्न सक्नेछन् ।
साथै बैंकले उक्त बोनस शेयरमा लाग्ने कर र्बैंकको खाता रहेको लाजिम्पाट शाखा खाता नं. ०४०००१०१०१३८९३०००००१ मा ‘एनआइबिएल एस क्यापिटल–जीबीबीएल बोनस ट्याक्स २०७७–२०७८’ नाममा जम्मा गर्नुपर्नेछ ।












