मिर्मिरे लघुवित्तको खुद नाफा ६३ प्रतिशतले घट्यो, इपिएस कति ?

२७ बैशाख २०८०, बुधबार ०९:५८

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ९६ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६३.८३ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा संस्थाले १९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै घटेका कारण लघुवित्तको नाफा प्रभावित हुन पुगेको हो । खुद ब्याज आम्दानी २४.०२ प्रतिशतले घटेर ३४ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ४५ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको सञ्चालन मुनाफा पनि ६३.८३ प्रतिशतले घटेर ९ करोड ९४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २७ करोड ४९ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ६५ करोड ३३ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमासमा ५ अर्ब ८ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ५ अर्ब ४७ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ८६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

यो अवधिमा संस्थाको रिजर्भको आकार ११.१७ प्रतिशतले बढेर ३३ करोड ८९ लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा ३० करोड ४८ लाख रुपैयाँ रहेको थियो । संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९३ प्रतिशत पुगेको छ । गत वर्ष एनपीएल १.९४ प्रतिशतमा सीमित थियो। खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर १ करोड ५५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा इम्पेयरमेन्ट चार्ज १ करोड ३४ लाख रुपैयाँ थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १४.४० रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा ईपीएस ४९.१५ रुपैयाँ थियो । पीई रेसियो ४१.८२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५७.४० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*