सबैभन्दा बढी नाफा कमाउने संस्था बन्यो छिमेक लघुवित्त, ब्याज आम्दानी मात्रै २ अर्बमाथि

२७ बैशाख २०८०, बुधबार १०:१४

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८८ करोड ६ लाख ५९ हजनार रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्म हालसम्म वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तमध्ये सबैभन्दा बढी मुनाफा आर्जन गरेको हो ।

संस्थाले आर्जन गरेको यो नाफा गत वर्षको यही अवधिको तुलनामा २२.८१ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाले ७१ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै बढेका कारण लघुवित्तको नाफा बढ्न पुगेको हो । संस्थाको खुद ब्याज आम्दानी २०.४४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी एक अर्ब ७५ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको सञ्चालन मुनाफा पनि ११ प्रतिशतले बढेर एक अर्ब २४ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा एक अर्ब १२ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी २२ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार ६.९५ प्रतिशतले बढेर कोषमा २ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ संचित रहेको छ ।

संस्थाले तेस्रो त्रैमासमा ५ अर्ब ५ करोड ६५ लाख रुपैयाँ सापटी लिई ३२ अर्ब ६९ करोड ५३ लाख रुपैयाँ कर्चा परिचालन र ३० अर्ब २२ करोड २८ लाख रुपैयाँँ निक्षेप संकलन गरेको छ ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.१९ प्रतिशत पुगेको छ । गत वर्ष एनपीएल ०.७६ प्रतिशतमा सीमित थियो । संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.२७ रुपैयाँबाट बढेर ४१ रुपैयाँ ४१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*