स्वाभिमान लघुवित्तको खुद नाफा ८८.९१ प्रतिशतले घट्यो, इपिएस कति ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको प्रमुख सूचकहरु घटेका छन् । यसअवधिमा खुद नाफा ८८.९१ प्रतिशतले घटेर ३६ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ३ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ भने खराब कर्जा बढेको छ । यसले गर्दा खुद नाफा प्रभावित भएको हो ।
समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ४१.८६ प्रतिशतले घटेर ४ करोड ९७ लाख १ हजार रुपैयाँमा सीमित भएको छ । यता, सञ्चालन नाफा पनि ८४.५८ प्रतिशतले घटेर ५८ लाख ४३ हजार रुपैयाँमा आएको छ । खराब कर्जा २.१ प्रतिशतले बढेर ३.५९ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९८ पैसाले घटेर ३ रुपैयाँ ३६ पैसामा आएको छ ।











