गरिमा विकास बैंकको साढे ८ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन पाउने

२७ बैशाख २०८०, बुधबार ११:२८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरेको छ । बैंकको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८ लाख ४९ हजार १९६ कित्ता शेयर बिक्रीका लागि निवेदन दिए बमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकले यसअघि संस्थापक शेयरधनीहरुकै लागि बिक्री गर्नका लागि ३५ दिने सूचना आम्ह्वान गर्दा सो समयभित्र कुनै पनि आवेदन नपरेकोले बैंकले अन्य व्यक्ति तथा संस्थाहरुको लागि उक्त शेयर बिक्री खुल्ला गरेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति कित्ता शेयर लिने हो सम्पूर्ण व्यहोरो खुलाई निवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*