थप एक कम्पनीद्वारा शेयरधीहरुको हितग्राही खातामा लाभांश जम्मा
७ जेष्ठ २०८०, आईतवार १२:१७

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको गत चैत १४ गते सम्पन्न भएको १६औं वार्षिक साधारण सभाबाट पारित भएको २ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।
२०७९ फागुन २९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धीत हितग्राही खातामा जम्मा गरिदिएको बैंकले जनाएको छ । साथै सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः शेयर जम्मा हुने बैंकले जनाएको छ ।
्












