९ महिनामा कुन लघुवित्तले कति कमाए ? कसको शेयर किन्दा उचित ?(हेरौं ५४ लघुवित्तको तथ्यांकसहित)

नेपाल राष्ट्र बैंकले लघुवित्तको नियमनमा कडाई गरेसँगै लघुवित्तहको मुनाफामा संकुचन आएको छ। लघुवित्तबाट कर्जा लिन नपाइने र एउटा ऋणीले लघुवित्तबाट ७ लाख भन्दा बढी ऋण लिन नपाउने प्रावधान ल्याएपछि लघुवित्तको नाफामा भारी संकुचन आएको देखिएको छ।
चालु आवको तेस्रो त्रैमासमा लघुवित्तको नाफा अघिल्लो वर्षको सोही त्रैमासिकको भन्दा ७८ प्रतिशतले गिरावट आएको छ ।
अघिल्लो वर्ष ६० वटा लघुवित्तको कुल नाफा ३३ करोड ५९ लाख रुपैयाँ रहेकोमा अहिले यो घटेर ७ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको तेस्रो त्रैमासमा कुनै पनि लघुवित्त नोक्सानीमा गएका थिएनन भने यो वर्षको तेस्रो त्रैमासिकमा भने १५ वटा लघुवित्त नोक्सानीमा गएका छन् ।
आइपीओ नै जारी नगरेको स्वस्तिक लघुवित्तको नोक्सानी सबैभन्दा धेरै २१ करोड ३६ लाख रुपैयाँ देखिएको छ भने लक्ष्मी लघुवित्त, युनिक नेपाल, उन्नति सहकार्य, सामुदायिक लघुवित्त, जाल्पा सामुदायिक, मानुषी, अभियान नेपाल, खप्तड आरम्भ चौतारी, गुँरास, बीपीडब्ल्यू, मनकामना र धवलागिरी लघुवित्त नोक्सानीमा गएका छन् ।
तरलता अभावका कारण बैंकहरुकै आधार दर उच्च रहेको बेला लघुवित्तको आधार दर नै १७–१८ प्रतिशतसम्म पुगेको थियो । ऋण लगानी गर्ने व्याज दर भन्दा आधार दर बढ्दा पछिल्लो समय धेरै लघुवित्तहरु घाटामा सञ्चालित छन्।
यस त्रैमासमा छिमेक लघुवित्त, साना किसान विकास लघुवित्त, आरएमडीसी लघुवित्त, फस्ट माइक्रोफाइनान्स र गणपति माइक्रोफाइनान्सलगायतका केही लघुवित्तको नाफा भने अघिल्लो वर्षको तेस्रो त्रैमास भन्दा बढेको छ ।
छिमेक लघुवित्तको सबैभन्दा बढी २२.८१ प्रतिशतले नाफामा वृद्धि देखिएको छ भने साना किसान लघुवित्तले १६.९३ प्रतिशतले बढेको छ । फस्ट माइक्रोफाइनान्स १७.१२ प्रतिशत, आरएमडीसी लघुवित्तको ३.२० प्रतिशत र गणपति माइक्रोफाइनान्स १३.४७ प्रतिशतले बढेको छ ।
labhubitta Net profitbeema post.com











