स्वाबलम्बन लघुवित्तको शेयर संरचना परिर्वतन, करिब १३ लाख कित्ता शेयर सर्वसाधारणमा रुपान्तरण

काठमाडौं । स्वाबलम्ब लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।
संस्थाको पुँजी संरचना परिर्वतन सम्बन्धी पत्रमार्फत संस्थाको हालसम्म सूचीकृत कुल शेयर एक करोड २९ लाख ४ हजार ९५५ कित्ता एवं साविक संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा क्रमश : ७० र ३० प्रतिशतको अनुपातमा कायम रहेकोमा संस्थापक र सर्वसाधारणको शेयर हिस्सा ६० प्रतिशत र ४० प्रतिशत अनुपातमा कायम गरिएको छ ।
संस्थाले सो सम्बन्धी पत्र नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गरेकोमा संस्थापक र सर्वसाधारणको हिस्सा ६० प्रतिशत र ४० प्रतिशतको अनुपातमा कायम हुनेगरी संस्थापक समूहको १२ लाख ९० हजार ४९६ कित्ता शेयर जेठ ८ गतेको निर्णयअनुसार अभिलेख गरिएको छ ।












