मर्जर र लाभांश प्रस्तावसहित समीट लघुवितद्वारा वार्षिक साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

९ जेष्ठ २०८०, मंगलवार १०:२८

काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ । संस्थाको सोमबार (जेठ ८ गते) बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा यही जेठ ३० गते आह्वान गरेको हो । सभा काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४९ करोड ४० लाख रुपैयाँको १३.५६२७५३ प्रतिशतले हुन आउने ६ करोड ७० लाख रुपैयाँबराबरको बोनस सेयर पारित गर्नेछ । बोनस सेयरको कर प्रयोजनार्थ छुट्याइएको ३५ लाख २६ हजार ३१५.७९ रुपैयाँ नगद लाभांश पनि सभाले पारित गर्ने छ ।यसका साथै, बोनस सेयर वितरणपछि संस्थाको जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम संस्थाको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाले समीट र नेसनल माइक्रोफाइनान्सबीच आपसमा मर्जरमा जाने सम्बन्धमा गरिएको समझदारीपत्र, सहमतिपत्र, संयुक्त मर्जर समिति गठन एवं सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई आवश्यक कार्य गर्न दिएको अख्तियारी प्रत्यायोजन, संयुक्त मर्जर समितिबाट भएका निर्णयहरु र खर्चहरु पारित गर्ने छ ।

सभाले संस्थाको संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकबाट समेत निर्देशन भएको हुँदा आर्थिक वर्ष २०७८–७९को बोनस सेयर वितरणपश्चात कायम हुने संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणतर्फको ८ लाख ५३ हजार ६६५ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन (एफपीओ)को माध्यमबाट सेयर जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही जेठ १८ गतेदेखि वार्षिक साधारणसभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*