नेपाल एसबिआई बैंकद्वारा ग्राहकलाई थप सहजता, विभिन्न जानकारी लिन यी कर्मचारीलाई सम्पर्क गर्नुस्

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै विजनेश कन्ट्याक्ट डिटेल्स सार्वजनिक गरेको छ ।
बैंकले विभिन्न बैकिङ्ग सेवा सुविधामा केही जानकारी लिन वा सोधपुछ गर्न कर्मचारीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गरिदिएर आफ्ना ग्राहकहरुलाई थप सहज बनाइदिएको छ ।
बैंकका ग्राहकहरुले एटिएम।पीओएस तथा इन्टरनेट बैकिङ्ग सेवाका लागि निजर कार्की, सन्जोग बन र करण मान श्रेष्ठसँग सम्पर्क गर्न अनुरोध गरेको छ । त्यस्तै, यता बैंकले कर्जासम्बन्धी जानकारी लिन अर्जुन नेपाल, विनोद अधिकारी र प्रविण अधिकारीसँग सम्पर्क गर्न सकिने जनाएको छ ।
साथै पीओएस।क्युआर इन्टलेशनको लागि मिरा सुवेदी, एलसी।बैंक ग्यारेन्टीका लागि ६ जना कर्मचारी, मोबाइल बैकिङ्ग सेवाका लागि चारजना, क्लियरिङ्ग।आइपीएस।आरटिजिएसका लागि तीनजना, डिम्याट।मेरो शेयरका लागि तीनजना, रेमिट्यान्सका लागि दुईजना र सि–आस्वा।सिआरएनको लागि कपिल देव खतिवडासँग सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।












