थप एक कम्पनीद्वारा शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा गर्न सुरु, बोनस शेयरमा लाग्ने कर आफैं तिर्नुपर्ने

१० जेष्ठ २०८०, बुधबार ११:५४

काठमाडौं । थप एक कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत फागुन १३ गते सम्पन्न छैठौं साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई जेठ ८ गतेदेखि डिम्याट खातामा जम्मा गरिएको जनाएको छ ।

साविकका नेपाल एग्रो लघुवित्त र इन्फिनिटी लघुवित्तबीच एकआपसमा मर्ज भई इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट २०७८ भदौ ४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हु्नाले आयकर ऐनअनुसार प्राप्ति मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पुँजीगत लाभकर नलाग्ने व्यवस्था रहेको तर उक्त मितिपश्चात् भएको शेयर कारोबारबाट प्राप्त शेयरको बोनस शेयरमा लाभकर लाग्ने हुँदा २० प्रतिशत बोनस शेयरको कर वापतको ५ प्रतिशतले हुने रकम जम्मा गरेपछि मात्रै बोनस शेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाइने संस्थाले जनाएको छ ।

सम्बन्धीत शेयरधनीहरुले संस्थाको खाता रहेको सनराइज बैंक लिमिटेड, कमलपोखरी काठमाडौंको खाता नं. ०६९०३७१११४७०१०३३ मा खाताको नाम ‘एसआरसिएल इन्फिनिटी बोनस ट्याक्स ०७८.७९’ मा रकम जम्मा गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*