लाभांश र मर्जरप्रस्तावसहित जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

१५ जेष्ठ २०८०, सोमबार १४:१३

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण आह्वान गरेको छ । संस्थाको जेठ १४ गते बसेको संचालक समितिको बैठकले सभा असार ४ गतेका द एसआर होटेल, तिलोत्तमा , रुपन्देहीमा विहान ९ बजे बस्ने निर्णय गरेको हो ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखारीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पेश गर्नेछ ।

यसका साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ जेठ २२ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्तगर्ने सक्ेनछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*