सांग्रिला डेभलपमेन्ट बैंकको नारी बचत खाता खोल्दा लकर शुल्कमा ५०% छुट
१६ जेष्ठ २०८०, मंगलवार १३:२९

काठमााडैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘सांग्रिला नारी बचत खाता’ खोल्दा लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सु्विधालाई थप मध्यनजर गर्दै उक्त खाताको वार्षिक लकर शुल्कमा सो प्रतिशत छुट दिने भएको हो ।
बैंकले ल्याएको उक्त बचत खाता न्यूनतम १०० रुपैयाँ मौज्दातमै खोल्न सकिनेछ । विशेष गरी १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई मध्यनजर राखी उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नका लागि बैंकले उक्त बचत खाता संचालनमा ल्याएको हो ।
उक्त खाता खोल्ने ग्राहकहरुलाई वार्षिक ५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी तथा वार्षिक लकर शुल्कमा ५०% छुट गरिएको छ । बैंकले खाता खोलेका ग्राहकलाई लकर शुल्कमा पहिलो वर्षको लागि निःशुल्क गरेको छ ।












