सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य कति ?
१८ जेष्ठ २०८०, बिहीबार १०:१४

काठमाण्डौं । सनराइज बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक समुहको १ लाख २२ हजार ४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैकले यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने अवधि राखेर शेयर बिक्री गरे पनि आवेदन नपरेपछि गैरसंस्थापक (अन्य व्यक्ति, कम्पनी र संस्था)का लागि बैंकले आवेदन खुला गरेको हो । सो शेयरमा ७ दिनभित्र आफूले दिन चाहेको शेयर संख्या खुलाई काठमाण्डौको गैह्रीधारास्थित बैंकको प्रधान कार्यालयमा रहेको सेयर रजिस्ट्री विभागमा आवेदन दिनुपर्नेछ ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ ।












