एक्सेल डेलभपमेन्ट बैंकले डाक्यो १७औं साधारण सभा, मर्जर सम्बन्धी विशेष प्रस्ताव

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको जेठ २२ गते बसेको संचालक समितिको बैठकले वार्षिक साधारण सभा यहि असार १६ गते बस्ने निर्णय गरेको हो । सभा सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे बस्नेछ ।
सो सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एकआपसमा गाभ्ने।गाभिने वा प्राप्ति र मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न वा प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियार प्रदान गर्नेछ । साथै सो सभामार्फत गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ ।
त्यस्तै, सो आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आव २०८९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने साथै संचालक समितिद्वारा थप गरिएको कम्पनीको संस्थापक समूहतर्फको संचालकहरुको कार्यकाल अनुमोदन गर्ने र संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।











