लक्ष्मी क्यापिटलले जारी गर्यो यस्तो सूचना

२३ जेष्ठ २०८०, मंगलवार १०:२२

काठमाडौैं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एक सूचना जारी गरेको छ । क्यापिटलले सो सूचना मार्फत हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन हितग्राही खातावालालाई आग्रह गरेको हो ।

लक्ष्मी क्यापिटल मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

यसका साथै, क्यापिटलका अनुसार आफुलाई पायक पर्ने लक्ष्मी बैंकको नजिकको शाखा कार्यालय मार्फत १ सय रुपैयाँका दरले नविकरण शुल्क बुझाउन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*