स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ‘ब्लकचेन नलेज’को विषयमा छलफल

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले डिजिटल ट्रेड फाइनान्स नेटवर्कसँगको सहकार्यमा नेपाल राष्ट्र बैंकको लागि ‘ब्लकचेन नलेज’ आयोजना गरेको छ ।
दुईपक्षबीच भएको समझदारी कार्यक्रममा डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजी प्रयोगका मुद्दाहरु र यसले वर्तमान प्रणालीको असमक्षतालाई हटाउन कसरी वित्त क्षेत्रका व्यापारलाई मद्दत गर्न सक्छ भन्ने बारेमा छलफल गरिएको थियो ।
डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजीले संस्थाहरुको वित्त व्यापार तथा दक्षतामा परिवर्तन गरी विश्व व्यापारलाई उच्च संगठित सञ्जालहरुमा रुपान्तरित गर्न मद्दत पुर्याउँदछ ।
साथै व्यापारका लागि उक्त टेक्नोलोजीको प्रयोगले एउटै प्लेटफर्ममा खरिदकर्ता र बिक्रेताहरूलाई तत्काल पहुँच र लेनदेनको वास्तविक समय दृश्यता प्रदान गरी सम्पूर्ण अन्त्य–देखि–अन्त प्रक्रियालाई सहयोगी कार्यप्रवाहमा प्रबन्ध गरेर क्रेडिट प्रक्रियाको पत्र परिवर्तन गर्दछ ।











