शोधानान्तर स्थिति सवा २ खर्ब बचतमा
२६ जेष्ठ २०८०, शुक्रबार १३:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तिय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो । देशको अर्थतन्त्र सुधारिँदै गएपछि शोधानान्तर स्थिति बचतमा हुन पुगेको हो ।
समीक्षा अवधिमा चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा रहेको थियो ।











