एभरेष्ट बैंकको ऋणपत्र आजदेखि परिपक्व हुँदै, रकम फिर्ता गर्न सुरु

२८ जेष्ठ २०८०, आईतवार ११:०७

काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले अवधि पुरा हुन लागेको ऋणपत्रको रकम फिर्ता गर्ने भएको छ । बैंकले ‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०७९’ नामक ऋणपत्र आज जेठ २८ गते परिपक्व हुँने भएसँगै सो ऋणपत्रको रकम फिर्ता गर्न लागेको हो ।

उपत्यकाभित्र रहेका ऋणपत्रधनीहरुले एभरेस्ट बैंकको काठमाण्डौको लाजिम्पाटस्थित मुख्य कार्यालय र उपत्यकाबाहिर रहेका ऋणपत्रधनीहरुले पायक कुनै पनि शाखाहरुमार्फत रकम भुक्तानी पाउने बैंकले जनाएको छ । सो का लागि ऋणपत्रधनीहरुले ऋणपत्रको सक्कल प्रमाणपत्र (ब्याज भुक्तानी पुर्जासमेत), नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचपत्रको प्रतिलिपि र रकम भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ ।

स्वयं उपस्थित हुन नसक्ने ऋणपत्रधनीहरुले रिपूर्वकको मन्जुरीनामा साथै मन्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य रुपले पेस गर्न पनि बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*