महालक्ष्मी विकास बैंकको करिब साढे ९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

३० जेष्ठ २०८०, मंगलवार ०९:४०

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ९ लाख ४७ हजार ३९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदको लागि तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*