नारायणी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा असार १९ मा, बुकक्लोज कहिले ?

३० जेष्ठ २०८०, मंगलवार ०९:४८

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको जेठ २९ गते बसेको संचालक समितिको निर्णयले सभा आउँदो असार १९ गते चितवनको सौराहास्थित होटेल मोनालिसामा आह्वान गरेको हो । सभा विहान ११ बजे सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाले पारित गर्नेछ । यसका साथै, सभाले सञ्चालकहरुको मनोनयन र निर्वाचन पनि गर्नेछ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा कम्पनीको आवश्यकताअनुसार तथा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, सुझाव भएमा सोहीअनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिन सभाले स्वीकृति प्रदान गर्ने छ ।

बैंकले वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार ७ गते (असार ८ गते शुक्रबार र असार ९ गते शनिबार) सम्म कायम शेयरधनीहरुमात्रै बैंकको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*