बैंक तथा वित्तीय संस्थाले आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि शुल्क लिन नपाउने

३० जेष्ठ २०८०, मंगलवार ११:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि वित्तीय सचेतना सम्बन्धी सूचना जारी गरेको छ । केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई प्रदान गर्ने आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको छ ।

आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्दछ भन्ने मान्यताका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा (गुड फर पेमेन्ट चेकसमेत), चेकको स्टप पेमेन्ट गर्दा र ब्यालेन्स सर्टिफिकेसन गर्दा कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यसैगरी खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, निष्क्रिय खाता सक्रिय गराउँदा, मोबाइल।इन्टरनेट बैंकिङको युजरनेम।पासवर्ड हराएमा, २ लाख रुपैयाँभन्दा कम रकमको चेक क्लियरिङ गर्दा र एबीबीएसलगायतका सेवा प्रदान गर्दा पनि बैंक तथा वित्तीय संस्थाहरुले सेवा शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । साथै अन्य सेवाबापतको शुल्क कोही संस्थाले निर्धारण गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय सेवाको पारदर्शिताका लागि सेवा शुल्कसम्बन्धी विवरण सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने प्रावधान रहेको सूचनामा उल्लेख छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले शुल्कसम्बन्धी विवरण (स्ट्यान्डर्ड ट्यारिफ एन्ड चार्जेन्ज) आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने गर्दछन् । कुनै पनि सेवा लिनुअघि यससम्बन्धी विवरण अध्ययन गर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ ।

विद्युतीय भुक्तानी तथा एटीएमबाट हुने कारोबार र कर्जासम्बन्धी शुल्कहरुमा भने राष्ट्र बैंकबाट सीमा निर्धारण गरिएको छ।

 

May be an image of text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*