नेप्सेमा एक लघुवित्तको बोनस शेयर सूचीकृत
३१ जेष्ठ २०८०, बुधबार १२:३७

काठमाडौं । कालिका लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेले संस्थाको १९ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव २८१६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।












