शेयर बजारको अन्तिम १० मिनेटमा भएको खरिदब्रिक्रिले नेप्सेमा हलचल, ठूला लगानीकर्ताले चलखेल गरेको आरोप
३१ जेष्ठ २०८०, बुधबार १५:५०
काठमाडौं । शेयर बजारमा अन्तिममा एनआईसी एशियाको शेयर कारोबारले बजारमा केही फरक प्रतिशत देखिएको छ । इन्ट्रा डे कारोबारमा २०६६ सम्म पुगेर पुन घटेर २०१६ बिन्दुमा पुगेको छ ।। अन्तिम १० मिनेटमा एनआईसी एशिया बैंकको करिब १ हजार कित्ता सेयर कारोबार भएपछि पुन बढेको छ ।
अन्तिम १० मिनेटमा विभिन्न ब्रोकरबाट बिक्री गरेको सेयर २८ नम्बर ब्रोकरबाट किनिएको छ । बजार १६.४२ अंकले बढेर परिसूचक २०३७.०६ बिन्दुमा रोकिएको छ ।
२७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको सेयर किनबेच भएको छ । धेरै समयपछि कारोबार रकममा उछाल आएको छ ।
अन्तिम विन्दुमा आएर भएको शेयर बजारको वृद्धिदर र आजको कारोबारलाई साना लगानीकर्ताहरुले शंकाको घेरामा राखेका छन् ।












