महुली लघुवित्तद्धारा ११ औं स्थापना दिवसमा तीन हजार वटा विरुवा रोपियो

३१ जेष्ठ २०८०, बुधबार १९:३२

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ११ औं स्थापना दिवस सम्पन्न गरेको छ । हरेक वर्ष जेष्ठ ३० गतेका दिन संस्थाले आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।
६४ वटा शाखा कार्यालयमार्फत करिव ३००० बृक्षारोपण तथा करिब ६४ जना उत्कृष्ट सेवाग्राही सदस्यलाई सम्मान सहित सरसफाई, रक्तदान र श्रमदान कार्यक्रम आयोजना गरेको हो ।

विश्वव्यापी तापमान वृद्धि, बायू प्रदुषण लगाएत अन्य बतावरणीय समस्यालाई मध्य नजर गर्दै संस्थाले बृक्षारोपण कार्यक्रमलाई विशेष प्रथमिकता दिदै कार्यक्रम आयोजना गरेको हो । बिभिन्न शाखा कार्यालयद्घारा आयोजित कार्यक्रममा स्थानीय जन प्रतिनिधि, नेपाल प्रहरी, शस्त्र पहरी, स्कुल, युवा, विद्यार्थी लगाएतको सक्रिय सहभागीता रहेको थियो । संस्थाले बृक्षारोपण कार्यक्रम आयोजना गर्दा संरक्षणलाई मुख्य प्रथमिकता दिदै संरक्षण प्रतिबद्घता जनाएको स्थानहरुमा स्थानियहरुको सहयोगमा बृक्षारोपण गरेको हो ।

विभिन्न स्थानमा सहभागी जन प्रतिनिधिहरुले संस्थालाई ११ औं स्थापना दिवसको शुभकामना दिदै परिस्कृत सेवा प्रवाहा गर्न जोड दिएका थिए । हालको परिस्थितीमा वित्तीय संस्थाहरुको महत्तव रहेको बताउदै हरेक नागरिकलाई जिम्मेवार हुन् आग्रह समेत गरेका थिए ।

केन्द्रीय कार्यालयद्घारा आयोजित बृक्षारोपण कार्यक्रममा सम्बोधन गर्दै प्रदेश नं. २ सप्तरी (क) का प्रदेश संसद राज कुमार लेखीले प्रदेश नं २ को महुलीमा केन्द्रीय कार्यालय स्थापना गरेर काम गरिरहेको संस्था भनेर चिन्न पाउँदा खुशि लागेको बताउदै सञ्चालनगत कठिनाईमा केहि समस्या भए सो को सहजिकरणमा सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।

शुभकामना व्यक्त गर्दै संस्थाका सञ्चालक समितिका अध्यक्षले राम्रो लक्ष्य सहित सानो पूँजी बाट जनताको सेवा गर्न स्थापित भएको संस्था भएकाले कर्मचारीहरुलाई बर्तमानमा देखिएको चुनौति तथा आरोपहरु प्रति हतोत्साहित नहुन साथै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।

शुभकामना सन्देश दिदै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले स्थापना दिवसको अवसरमा बृक्षारोपण, सरसफाई, रक्तदान, श्रमदान जस्ता पुनित कार्यक्रम आयोजना भएको खुशि व्यक्त गर्दै भावी दिनमा समेत समाज प्रतिको जिम्मेवारी बहन गर्दै उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गर्ने बताएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*