राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा बिशेष छुट दिने, कति प्रतिशतसम्म पाईन्छ?
३ असार २०८०, आईतवार १५:३७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा बिशेष छुट दिने भएको छ। बैंकले यस महिनामा ब्याज भुक्तानी ५ प्रतिशतसम्म छुट दिने भएको छ।
असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरुलाई छुट दिने जनाएको छ ।ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता/जम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिन सम्बन्धित सम्पूर्ण ऋणीहरुलाई आग्रह गरेको छ ।












