पूर्वबैंकर रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाधिँदै

काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठले लगनगाँठो कस्दै छिन् । उनले प्रेमी स्टुआर्ट एलेक्जेन्डर च्यामानसँग विवाह गर्न लागेकी हुन् ।यसैबीच शनिबार निकट साथीभाई तथा आफन्तकाबीच उनले मेहेन्दी लगाएकी छिन् । उनका साथीभाईले सामाजिक संजालमा पोष्ट गरेका तस्बिरमा उनी र स्टुआर्ट मेहेन्दी उत्सवमा रमाइलो गरिरहेको देख्न सकिन्छ । परिवारका सदस्यले कुनै तस्बिर सार्वजनिक नगरेपनि मोडल परमिता राणाले भने मेहेन्दीका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।
प्रसन्न मुद्रमा देखिएका यी जोडीलाई रविनाका छोरा आयुष्मान देशराज श्रेष्ठ जोशी, बुहारी प्रियंका कार्की, कान्छा छोरा आशिरमान देशराज श्रेष्ठ जोशीले साथ दिइरहेका देखिन्छन् । विवाहका लागि नै स्टुआर्टकी छोरी इसाबेला च्यापमान पनि यतिबेला आफ्नी छोरी लिएर नेपाल आइपुगेकी छिन् ।
गत वर्षको भ्यालेन्टाइन डेमा रविनालाई प्रमी स्टुआर्टले विवाहको प्रस्ताव राखेका थिए । रविनाले इन्स्टामार्फत आफ्नो ईन्गेजमेन्टको जानकारी दिएकी थिइन् ।
केही समय अघि सेलिब्रिटी बैंकरका रुपमा परिचित रविनाले मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएकी थिइन् ।











