विकास बैंकहरुको नाफा ४ अर्ब माथिः मुक्तिनाथ विकास बैंक शिर्ष स्थानमा, पछ्याउदै गरिमा र शाईन रेसुंगा बैंक, पाँच घाटामा (तथ्यांक सहित)

काठमाडौं । विकास बैंकहरुले बैंशाख मसान्तसम्ममा ४ अर्ब २९ खुद मुनाफा अर्जान गर्न सफल भएका छन् । नोपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले १० महिनाको अवधिमा उक्त मुनाफा आर्जंन गर्न सफल भएका हुन् ।नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस आर्थिक बर्षको वैशाखसम्मको अवधिमा विकास बैंकहरुले कुल ४ अर्ब २९ करोड खुद नाफा गरेका हुन् ।
यसअवधिसम्मा सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले मुनाफा आर्जन गर्न सफल भएका छन् । बैंकले १० महिनाको अवधिसम्मा ९५ करोड ७२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ।
दोस्रोमा गरिमा विकास बैंक रहेको छ। बैंकले यस अवधिसम्मा ६९ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।
तेस्रो शाईन रेसुंगा बैंक रहेको छ। बैंकले यस अवधिसम्मा ६१ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
त्यस्तै, लुम्बिनी विकास बैंकले ४७ करोड ७७ लाख खुद कमाएको छ भने महालक्ष्मी विकास बैंकले ४५ करोड ५६ लाख खुद नाफा कमाएको छ ।
सबै भन्दा कम नाफा कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ। ग्रीन डेभलपमेन्ट बैंकले १ करोड १९ लाख खुद नाफा कमाएको छ । त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकले १ करोड १ करोड २६ लाख तथा कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ६६ लाख खुद नफा कमाएको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक , सिन्धु विकास बैंक र सालपा विकास बैंक भने घाटामा रहेका छन् । जस सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी सबैभन्दा धेरै २८ करोड ४५ लाख रहेको छ । त्यस्तै एक्सेलको खुद नोक्सानी ६ करोड ४९ लाख रहेको छ भने नारायणीको खुद नोक्सानी ३ करोड ६९ लाख रहेको छ ।












