डाटा चुहिएको बारे खल्तीको खण्डन, प्रष्ट विवरण उपलब्ध गराईदिन माग

काठमाडौं । गत बैशाख २८ गते बीमापोष्टमा प्रकाशित समाचारको सम्बन्धमा खल्तीले खण्डन गरेको छ । हिजो खण्डन पत्र पठाएर सो समाचारमा गम्भिर ध्यानाकर्षण भएको भन्दै खण्डन गरेको छ । साथै बीमापोष्टले पनि समाचारमा उल्लेख भए अनुसार तथ्याङ्कहरु चोरी भई अनलाईनमार्फत ठगी गर्ने गिरोहले ठूलो रकम चोरी गर्न सफल भएको भन्दै घटनाक्रमले समाचारको पुष्टि गरेको दावी गरेको छ । खल्तीबाट खण्डन जस्ताको तस्तैः
श्री सम्पादक ज्यू,
उपर्युक्त सम्बन्धमा, तपाई सम्पादक रहेको ‘बीमा पोष्ट‘ अनलाइन सञ्चारमाध्यमले मिति २०८०, बैशाख २८ गते ‘डिजिटल वालेट खल्ती मार्फत चुहियो प्रयोगकर्ताको डाटा, तेस्रो पक्षलाई हस्तान्तरण्को आशंका’ शिर्षकको समाचार प्रशारण भएकोमा त्यस समाचारप्रति खल्ती प्रा. लि. को गम्भिर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा निम्नानुसारका खण्डन गर्दछौं, यसमा तहाँबाट स्पष्टिकरण माग गर्दछौं ।
खण्डन १ः समाचारमा उल्लेखित ‘खल्तीबाट डाटा चुहिन थालेको र सो व्यापारिक कम्पनीलाई हस्ताण्तरण गरेको’ भन्ने दावीको आधार के हो, खल्तिले कहिले र कुन व्यापारिक कम्पनीलाई डाटा हस्तान्तरण गर्यो यस सम्बन्धमा विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं ।
खण्डन २ः समाचारमा उल्लेखित ‘खल्ती मार्फत बीमाशूल्क भुक्तानी गर्ने प्रयोगकर्ताको डाटा अब्ट्र्याक गरेर बिक्री गर्ने गरिएको छ’ भन्ने दावीको स्रोत के हो, कुन डाटा बिक्री गरिएको हो, कसलाई बिक्री गरियो यस सम्बन्धमा प्रष्ट विवरण उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछौं ।
खण्डन ३ः ‘खल्ती वालेटमा सुरक्षा चुनौती पनि उत्तिकै रहेको बताइन्छ । कमजोर सर्भर, प्रभावकारी सुरक्षा संयन्त्र नभएको खल्तीमा अन्य कुनै पनि समुहले अनाधिकृत प्रवेश गरेर डाटा हत्याउने संभावना समेत उत्तिकै छू यो समाचारको आधार के हो, सुरक्षा चुनौती रहेको दावी के आधारमा गरिएको हो, खुलाइदिनुहोस ।
खण्डन ४ः ूखल्ती यसअघि अवैध अनलाईन जुवा खेलाउने धन्दामा संलग्न रहदै आएको शंकास्पद डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी होूे खल्ती यस्ता कार्यहरुमा संलग्न नरहेको तथा प्रोत्साहन समेत नगरेको अवस्थामा यस प्रकारको आरोप किन लगाईयो, यस सम्बन्धमा प्रष्ट विवरण उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछौं ।
यसरी गलत समाचार प्रसारण गरी खल्ती प्रा. लि. मा आवद्ध ग्राहक, पाटनर बैंक, एजेन्ट, मर्चेट र आम सर्वसाधारणमा भ्रम सृजना गरी खल्तीको विश्वसनीयतामा क्षति पुगेको हुनाले यस निवेदनको यथाशिघ्र सम्बोधन गर्नुहुन निवेदन गर्दछौं ।
प्रताप अधिकारी
कानुन अधिकृत
खल्ति प्रा. लि.
बीमापोष्टको भनाईः
खल्तीको तथ्याङ्क तथा डाटाहरु ह्याकरहरुको हातमा पुगेको तथ्य हालै डिजिटल स्पामरहरु पक्राउ परेको तथ्यले समेत पुष्टि गरिसकेको छ । एक्सवान बेट लगायतका अनलाईन जुवा खेलाउने अबैध धन्दामा खल्तीका खाताहरु कसरी प्रयोग भइरहेको छ ? खल्तीको लोगो राखेर अनलाईन स्पामर्सहरुले जे जति धन्दा गरिरहेका छन् ? यसको जिम्मा खल्ती डिजिटल वालेटले लिनुपर्छ कि पर्दैन ? नेपाल प्रहरीले हालै पक्राउ गरी ७६ करोड रकम बरामद गरेको घटनामा कति रकम खल्तीबाट कारोबार भएको छ ? थप खोजीको विषय भएन र ? अतः खल्तीले आफ्ना सेवा थप सुरक्षित र डाटाहरु सुरक्षित बनाउनेतर्फ ध्यान दिनु आवश्यक छ ।











