नेपाल बैंकको संचालकमा आनन्द काफ्ले नियुक्त
७ असार २०८०, बिहीबार १३:५५

काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ ।
बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई संचालकमा नियुक्त गरेको हो ।
बैंकको संचालक समितिको निर्णयले काफ्लेलाई संचालकमा नियुक्त गरेको हो ।












