सस्तिदै लघुवित्तका शेयरहरु, ४० लघुवित्तको शेयर मूल्य १ हजारभन्दा मुनि (एलटीपीसहित)

८ असार २०८०, शुक्रबार १५:३२

काठमाडौं ।आर्थिक संकट, लघुवित्त सम्बन्धी नकारात्मक समाचार, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपको असर अधिकांश लघुवित्त कम्पनीको शेयर १ हजार भन्दा तल झरेको छ ।
बिहीबारको अन्तिम मूल्यको आधारमा नेप्सेमा हाल कारोबार भइरहेका लघुवित्तमध्ये ४० वटा कम्पनीको शेयरमूल्य १ हजार भन्दा मुनि आएको छ ।

धितोपत्र दोस्रो बजारमा लघुवित्त वित्तीय संस्थाहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो देखिन्छ । प्रायजसो लघुवित्तको शेयर लगानीकर्ताहरुको रोजाइमा पर्ने गर्दछ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये लुघवित्त संस्थाहरुको शेयरमूल्य बढी हुने गर्दछ । नेप्सेमा यस्ता संस्थाहरुको धितोपत्र अन्य कम्पनीको तुलनामा कम सूचीकृत हुने भएका कारण पनि शेयर अभावमा लगानीकर्ताहरुले खरिद माग गर्दा लघुवित्तहरुको शेयरमूल्य स्वतः बढ्न पुगेको हो । शेयर विज्ञहरुका अनुसार जहा माग बढी हुन्छ त्यहाँ मूल्य बढ्न जान्छ, भनेजस्तै लघुवित्तहरुको शेयर उच्च खरिद माग हुँदा मूल्य पनि सोहीअनुसार बढ्न पुगेको हो ।

लघुवित्तहरुको शेयर खरिद माग हुनुमा पनि धेरै कारणहरु हुन सक्छन् । कम्पनीको वित्तीय सूचक, कम्पनीहरुले दिदै आइरहेको लाभांश इतिहासका साथै धितोपत्र दोस्रो बजारमा लगानी गर्दा कतिको जोखिमयुक्त छ वा छैन त्यो सबै निक्र्याैल गरेर मात्रै लगानीकर्ताहरुले लगानी गर्नेछ गर्छन् । अन्य कम्पनीहरुको तुलनामा लघुवित्त संस्थाहरुले शेयरधनीहरुलाई उच्च लाभांश दिने गरेको छ । यसकारण पनि लगानीकर्ताहरुले लङ टर्म इन्भेष्टका लागि लघुवित्त संस्थाहरु रोज्ने गर्दछ ।

यस साता सुरुको दिन शेयर बजारमा हरियाली छाएतापनि बाकिका दिनहरुमा शेयरबजारमा उतारचढाव देखिएको थियो । यस साताको अन्तिम कारोबार दिन माइक्रोफाइनान्स उपसूचक ०.६६ प्रतिशतले घटेको थियो । माइक्रोफाइनान्सको उपसूचक ०.६६ प्रतिशत अर्थात २४.०४ अंकले घटेर ३७२८.५१ को विन्दुमा कायम भएको थियो ।

यस साता आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी रहेको छ । संस्थाको अन्तिम कारोबारमा शेयरमूल्य २३२०.१० रुपैयाँ रहेको थियो । त्यस्तै, महिला लघुवित्तको शेयर कारोबार १९७० रुपैयाँमा कारोबार भएको छ । यसका साथै, नेष्डो समृद्ध लघुवित्तको अन्तिम कारोबार १९०० रुपैैयाँमा भएको थियो ।

साता कारोबारको अन्तिम दिन धितो बजारमा कारोबार भएका ४९ लघुवित्तहरुमध्ये २१ वटाको शेयरमूल्य बढेको छ भने अन्य लघुवित्तको शेयरमूल्य घटेको छ । साता कारोबारको अन्तिम समयसम्म कारोबार भएका लघुवित्तहरु मध्ये ९ वटा लघुवित्तको शेयरमूल्य १ हजार रुपैयाँ भन्दा बढी रहेको छ ।

त्यस्तै, बिपिडब्लु लघुवित्तको अन्तिम कारोबारमा सकरात्मक सर्किट लागेको छ । साताको अन्तिम कारोबारमा कम्पनीको शेयरमूल्य ७८.८० रुपैयाँले बढेर ८७७.८० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ६ प्रतिशत, धौलागिरी लघुवित्तको २.७६ प्रतिशत, सिभिल लघुवित्तको २.६१ प्रतिशत, गुराँस लघुवित्तको २.५७ प्रतिशत, मेरो माइक्रोफाइनान्स, मिर्मिरे लघुवित्त र युनिक नेपाल लघुवित्त बाहेक अन्य केही लघुवित्तको शेयरमूल्य १ प्रतिशत भन्दा कमले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*