असारको पहिलो हप्ता मै बैंक तर्फको १०५६ र लघुवित्तको ११ जना ऋणी कालोसुचीमा

९ असार २०८०, शनिबार ०८:५७

बैंक तथा वित्तीय संस्थामा कारोबार गरिरहेको मान्छेलाई कालो सुचीको बारेमा बुझाई रहनु पर्छ जस्तो लाग्दैन । तर पनि एक शब्दमा भन्दा कर्जा लिई कर्जाको नियमित किस्ता नतिर्ने सदस्यलाई भोलीको दिनमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न रोक्का गर्ने र कर्जाको समयमा तिर्न बाध्य बनाउने व्यवस्था हो कालो सुची ।

हाल बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जा बढ्दै गई रहेको कुरा सर्व विदितै छ । यसरी बैक तथा वित्तीय संस्थाको कर्जा डिफल्ट हुन थाले पछि बैंक तथा वित्तीय संस्थाहरुले खराब ऋणीलाई भटाभट कालो सुचीमा राख्न थालेका छन् ।

आर्थिक वर्ष समाप्त हुदाँ गर्दा हामीले असार मसान्तमा कति ऋणी सदस्य कर्जा सुचना केन्द्रको कालो सुचीमा थप भएको सो विवरण जाच गर्यो । असारको पहिला हप्ता सकिदै गर्दा बैंक तर्फको १०५६ जना कालोसुचीमा परेको तथ्य फेला पार्यो भने लघुवित्त तर्फको ११ जना ऋणी कालोसुचीमा समावेश भएको पाईयो । यसरी हेर्दा सरदरमा १३५ जना प्रति दिन कालोसुचीमा समावेश भई रहेको पाईयो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*